पोखराका ठाउँठाउँमा दुर्घटना, तीनजना घाइते

पोखरा, फागुन १२ ।
पोखराका ठाउँठाउँमा भएको स्कुटर दुर्घटनामा तीनजना घाइते भएका छन् । पोखरा २७ अर्घौंचोकमा नम्बर नखुलेको स्कुटरले ठक्कर दिँदा पैदलयात्री स्याङजा पुतली बजारका ४० बर्षिय मोहनलाल लम्साल घाइते भएका छन् । उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

यस्तै, पोखरा ६ गौरीघाटमा पनि नम्बर नखुलेको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक पोखरा २१ कृष्तिका २३ बर्षिय दिनेश मल्ल घाइते भएका छन् । उनको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

पोखरा २६ सुन्दरीबजारमा विजयपुरबाट शिशुवा तर्फ जाँदै गरेको ग १० प ३९९४ नम्बरको स्कुटरले ठक्कर दिँदा सोहि ठाउँ बस्ने ५२ बर्षका तिलबहादुर जिसी घाइते भएका छन् । उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।