पुष्पा मृत्यु प्रकरण–पोखराको सडकमा युवाको प्रदर्शन (भिडियो)
पोखरा, भदौ १४ ।
गएको शुक्रबार पोखरा लामाचौरकी १३ बर्षिय बालिका पुष्पा केसी मृत फेला परिन् । उनको मृत्युको बिषयलाई लिएर धेरै टिका टिप्पणीहरु भैरहेका छन् । केहीले बलात्कार प्रयासपछि हत्या भनेका छन् भने केहिले चाहीँ आत्महत्याको रुपमा पनि लिएका छन् ।
अस्पतालले चाहीँ बलात्कार नभएको रिपोर्ट सार्वजनिक गरेको छ । स्थानीय देखि विद्यार्थी संघ संगठन र स्वतन्त्र युवाहरुले पनि विरोधका कार्यक्रम गरिरहेका छन् । उनीहरुले हत्या भएको भन्दै हत्यारा पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।
बुधबार स्थानीयले जिल्ला प्रहरी कार्यालयमा धर्ना दिए । केही युवाहरुले चाहीँ महेन्द्रपुलमा ३ घण्टासम्म चक्काजाम गरेर प्रदर्शन गरेका थिए । नेविसंघ, अखिल क्रान्तिकारीले पनि निरन्तर दवावमुलक कार्यक्रम गरिरहेका छन् ।