थोत्रा दमकलको डम्पिङ साईट बन्दै नेपाल
काठमाण्डौं, फागुन ६ ।
विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकल र आगलागीमा प्रयोग हुने अन्य सवारी उपकरण नेपालकोलागि आगलागी नियन्त्रणको भरपर्दो सवारी साधनको रुपमा प्रयोग हुदै आएको छ । विदेशी दातृ निकायले आफ्नो देशमा कामै नलाग्ने भएपछि नेपालको भूमिलाई डम्पिङ साइडको रुपमा प्रयोग गर्दै आएका छन् ।
त्यसको प्रत्यक्ष उदाहरणको रुपमा काठमाडौंको जुद्ध वारुण यन्त्र कार्यालय रहेको छ । काठमाडौ महानगरपालिकाको स्वामित्वमा रहेको दमकल कार्यालयमा रहेका सबै दमकल करिब दुई दशक पुराना छन् । विदेशमा डेटस्पायर भए पछि विभिन्न निकायले नेपाललाई दमकल आवश्यक रहेको भन्दै भीख माग्ने अनि विदेशले नेपाललाई सहयोग स्वरुप थोत्रा दमकल र आगलागी नियन्त्रणमा प्रयोग हुने अन्य सवारी साधन उपहारको रुपमा दिने गरेका छन् ।
अहिले राजधानी मात्रै होइन उपत्यका र वरपरका जिल्लामा आगलागी हुदा थोत्रा दमकल कै भर पर्नुपरेको छ । सुविधा सम्पन्न वारुण यन्त्र कार्यालयको रुपमा रहेको कामपाले परिचालन गर्ने अधिकांश दमकल मध्य केही त कामै नलाग्ने भएका छ ।
हामीसंग भएको पुरानो मध्यको सबैभन्दा राम्रो दमकल फुसो दमकल हो, त्यो पनि अति थोत्रो भएर मोबिल हाल्दै चलाउदै गरेका छौ–दमकल कार्यालय प्रमुख बद्रीमान नगरकोटीले नेपाल समाचारपत्रसंग भन्नुभयो । गृहको मातहतमा रहेको जुद्ध वारुण यन्त्र कार्यालय बिसं २०६५ कातिक ९ गतेको मन्त्रिपरिषदको निर्णयसंगै कामपाको मातहतमा आएको थियो । त्यसबेला सो कार्यालयसंग गृहले खरिद गरेको दुई वटा दमकल थियो ।
त्यसपछि वारुण यन्त्र कार्यालयमा अहिलेसम्म प्राप्त भएका अधिकांस पुराना दमकल छन । आगलागी नियन्त्रण गर्न बिसं १०९२ मा बोकेर ल्याएको मोरिस र १९९४ मा नेपाल भित्र्याइएको डेनिस र बिसं २००१ मा नेपाल भित्रिएको लहरी दमकल वारुण यन्त्र कार्यालयको म्युजियममा राखिएको छ ।
बाँकी रहेका ९ मध्य ५ वटा दमकल पुर्ण रुपमा बिग्रिएर थन्किएको छ । अहिले चालु हालतका चार वटा मात्र दमकल रहेको सो कार्यालयले जनाएको छ ।
बिसं २०४४ सालमा जापान सरकारको सहयोगमा भित्रिएको मोरिता, बिसं २०६९ मा बेलायतबाट ल्याइएको भोल्बो दमकल बिग्रिएर थन्किएको छ । सोही वर्ष इटालीबाट ल्याइएको मर्सि्टिज, २०७३ मा भारत सरकारबाट सहयोग प्राप्त आइचर, कीर्तिपुर नगरपालिकाबाट प्राप्त आशोक लेल्याण्ड दमकल चालु अवस्थामा छ । चालु अवस्थामा रहेका मध्य पनि अधिकांस बिग्रने अवस्थामा रहेको छ । बिग्रिएका दमकल मेकानिकल शाखामा राखिएको छ ।
दमकल बाहेक अन्य फायर रेस्क्यु सवारी साधनको अवस्था पनि उस्तै रहेको छ । बिसं २०४४ र २०६९ सालमा इटाली सरकारबाट प्राप्त २ ल्याडर र ३ वटा रोड रेस्क्यु जीप तयारी अवस्थामा रहेको कार्यालय प्रमुख नगरकोटीले जानकारी दिए । त्यस्तै दुर्घटनापछि उद्धार सामाग्री सहित परिचालन हुने ८ वटा फायर बाइक मध्य ४ वटा बिग्रिएको अवस्थामा छ । ५ वटा प्रोटेवल लाइट मध्य ४ वटा चालु अवस्थामा र एउटा बिग्रिएर थन्किएको छ ।
कामपा आपतकालिन कार्य संचालन केन्द्रका प्रमुख किशोर भट्टराईले सामान पुराना भएपनि अधिकांस बलियो रहेको दाबी गरे । उहाले बिदेशमा २० वर्ष पुरानो सवारी साधन नेपाल आउदा कुनै समस्या नपर्ने जिकीर गदै सवारी साधन पुरानो भएपनि त्यसको क्षमताप्रति विश्वास गर्नुपर्ने बताए ।
उहाले विश्वमा ७ वटा कम्पनीले मात्र दमकल निर्माण गर्ने गरेको जानकारी गराउदै ती कम्पनीको नया दमकल नेपाल भित्र्याउदा लामो प्रकृया लागने बताए । भारतले भारी बोक्ने ट्रकमा पम्प लगायत केही सामान फिट गरेर दमकल भन्दै नेपालमा वितरण गर्ने गरेको छ । भारतीय दमकलले आगलागी नियन्त्रण गर्न समस्या पर्ने देखिएको छ ।
ट्रकमा पम्प फिट गर्दैमा दमकल भन्न नमिल्ने वारुणयन्त्र कार्यालयका कर्मचारीको तर्क छ । भारतले पम्प फिट गरेको ट्रक नेपाल पठाउदा करिब १ करोड रुपिया पर्ने गरेको छ भने दमकल निर्माण कम्पनीले तयार गरेको दमकलको मुल्य करिब १० करोड रुपिया पर्ने भट्टराईले जानकारी दिए ।
वारुण यन्त्र कार्यालयमा रहेका पुराना दमकलको सामान र मर्मत गर्ने स्थान अभावको कारण अधिकांश सवारी साधन बिग्रिएर थन्किएको छ । दमकल कार्यालयमा रहेको दमकल सहित दुई दर्जन सवारी साधन मध्य अधिकांस बिग्रिएको अवस्थामा छ ।, राजधानीले खवर छापेको छ ।