ट्यांकरसँग मोटरसाईकल ठोकिँदा पोखराका दुई युवाको मृत्यु

पोखरा, मंसिर २३ ।
परासीको सुनवलमा ट्यांकरसँग मोटरसाईकल ठोकिँदा पोखराका दुई युवाको मृत्यु भएको छ । आइतबार विहान भएको दुर्घटनामा पोखरा महानगरपालिका १६ लामाचौर बस्ने २९ वर्षका प्रवीन गुरुङ र २६ बर्षका विनोद बानियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

विहान सवा नौ बजे तिर सुनवल ४ बाह्रघरेस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आएको ग १५ प ३४९२ नमबरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

गुरुङको पृथ्वीचन्द्र अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए भने बानियाँको देवदह मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट बढी घर्षण भएका कारण मोटरसाइकल जलेको छ । ठक्कर दिने ट्यांकरका चालक फरार रहेका छन् ।