काँग्रेस प्रवेश गरेको तीन दिनमै नेता चौरसियाको हत्या
नयाँ दिल्ली, चैत २ ।
इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् । बहुजन समाजवादी पार्टी (बिएसपी) का पूर्व नेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उनका छोरा सोमेश घाइते भएका हुन् ।
मध्य प्रदेशको दामोही नजिकै अज्ञात व्यक्तिहरुको आक्रमणमा परी उनको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । घटनामा संलग्न भएको आशंकामा मध्यप्रदेश प्रहरीले सात जनाविरुद्ध मुद्धा दर्ता गरेको छ ।
मुद्दा दर्ता गरिएकामध्ये एक जना बिएसपीका तर्फबाट विधान सभा सदस्य रहेकी राम बाइका श्रीमान् गोविन्द सिंह पनि रहेका छन् ।