हेलिकोप्टर दुर्घटनापछि मन्त्री रवीन्द्र अधिकारीको घरमा जे देखियो…… (फोटो फिचर)

पोखरा, फागुन १५ ।
ताप्लेजुङ दुर्घटनामा मृत्यु भएपछि पर्यटन मन्त्री रवीन्द्र अधिकारीका आमा र बाबुलाई काठमाण्डौं लगिएको छ । केहीबेर अघि यति एयरलाईन्सको जहाजबाट उनीहरुलाई काठमाण्डौं लगिएको हो ।

छोराको निधनको खवरले उनीहरु भावह्विल छन् । मन्त्री अधिकारीको आमा लक्ष्मी अधिकारी र बाबु ईन्द्रप्रसाद अधिकारीको कोखबाट २०२६ सालमा कास्कीको भरतपोखरीमा जन्म भएको थियो ।

दुर्घटनाको खवर सुन्ने वित्तिकै अधिकारीको पोखरा स्थित मालेपाटनमा रहेको घरमा मान्छेहरुको भीड लागेको थियो । पार्टीका नेता तथा कार्यकर्ता सहित सर्वसाधारणले घेरिएको थियो । बाबु आमालाई काठमाण्डौं लगिएपछि अहिले खासै चहलपहल छैन ।

Photo-Pradip Poudel