हेमजामा रक्तदान कार्यक्रम सम्पन्न

हेमजा, बैशाख १४ ।
पोखरा लेखनाथ महानगरपालिका वाड न. २५ हेमजामा स्थीत बहुउदेश्यी कृषि सहकारी सस्थाको नवनिर्मित आलु भण्डार गृह उद्घाटन तथा कृषि पसल शुभारम्भको उपलक्ष्यमा शुक्रबार पोखरा २५ हेमजामा बहुउदेश्यी कृषि सहकारी सस्था तथा नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको छ। प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाखर तिमिल्सिनाले पहिलो रक्तदाता बहुउदेश्यी कृषि सहकारी सस्थाका ब्यबस्थापक हरि त्रिपाठीलाइ ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए।
कार्यक्रममा २४ जना रक्तदाताले रक्तदान गरे। प्रमुख अतिथि तिमिल्सिनाले रक्तदान महत्वपूर्ण सामाजिक कार्य भएको उल्लेख गर्दै रगत दान गर्दा सरिरको रगत फेरिने र रगत फेर्नु श्वस्थ्यको लागि राम्रोे हुने बताए । कार्यक्रमका बिषेस अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सहकोषध्यक्ष कृष्णप्रसाद पौडेलले रक्तदान महत्वपूर्ण सामाजिक कार्य भएको उल्लेख गर्दै अस्पतालमा रगत अभाव हुदा यसले पु¥याएको र रक्तदाताले दिएको रगतले अरुको जिबन दान हुने बताए । बहुउदेश्यी कृषि सहकारी सस्थाका अध्यक्ष धर्मराज बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बहुउदेश्यी कृषि सहकारी सस्थाका सचिब मोतिराम तिमिल्सिनाले गरेका थिए।