हिन्दु राष्ट्र माग्ने राप्रपालाई प्रहरीको लाठी
![](http://dnanepal.com/wp-content/uploads/2019/04/IMG_20190419_122346-e1555689333919.jpg)
पोखरा, बैशाख ७ ।
राप्रपाको केन्द्रीय कार्यक्रम अनुसार राप्रपा कास्कीको आयोजनामा आज भएको ¥यालीमा प्रहरी हस्तक्षेप गरी राप्रपाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । राप्रपा कास्कीको आयोजनामा भएको विरोध ¥याली धर्म निरपेक्षता खारेज गर लेखिएको ब्यानर सहित मुस्ताङचोकबाट शुरु भएको ¥याली जिल्ला प्रशासन कार्यालय अगाडि चौतारामा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभापछि प्लेकार्डहरु जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरी राप्रपा कास्कीका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाममा राखेको प्रचार प्रसार विभाग केन्द्रीय सदस्य सूर्य बास्तोाले जानकारी दिए ।
पक्राउ पर्ने नेता तथा कार्यकर्ताहरुमा राप्रपा कास्की जिल्ला अध्यक्ष डा.महेन्द्र बहादुर कार्की, जिल्ला उपाध्यक्ष जगत प्रसाद सुवेदी, जिल्ला सहसचिव अशिल कुमार शाही, केन्द्रीय सदस्य सिता खड्का, जिल्ला सदस्यहरु आत्मराम सुवेदी, कृष्ण कुमार तिवारी, अक्कलबहादुर भुजेल, नुर महमद, लेख बहादुर गुरुङलाई पक्राउ गरिएको छ भने सहसचिव शाही घाइते भई फेवासिटीमा उपचार गराइरहनुभएको राप्रपा कास्कीले जनाएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य जयलाल पुन, प्रदेश सचिव बरुणबिक्रम राणा, जिल्लाउपाध्यक्ष जगत प्रसाद सुवेदी, लगायत नेता तथा कार्यकर्ताहरुले धर्म निरपेक्षता खारेज गरी हिन्दु राष्ट्र कायम गर्न माग गरेका थिए । जिल्ला सचिव हरि प्रसाद बरालले संचालन गरेको कार्यक्रममा कास्की स्थित नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । यो समाचार तयार पार्दासम्म वहाहरुलाई छाडिएको छैन ।