वामदेवको उम्मेदवारीबारे नेकपाभित्रै रडाको
काठमाण्डौँ, मंसिर २५ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाउने विषयमा पार्टीभित्रै विवाद चुलिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
नेकपा सचिवालय बैठकमा काठमाण्डौँ–७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनामा पत्र बुझाएर पत्रकार सम्मेलनमार्फत जानकारी गराएसँगै विवाद चुलिएको हो ।
गौतमलाई सांसद बनाउने विषयमा पूर्वएमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाभ खनाल भने मौन देखिएका छन् । तर पूर्वउपाध्यक्ष भीम रावल र पूर्वमहासचिव ईश्वर पोखरेल खुला रुपमै विरोधमा देखिएका छन् ।