भारतबाट नेपाल छिर्दै गरेका २६ जनालाई फर्काइयो

पोखरा, चैत ९ ।
भारतबाट नेपालगञ्ज हुँदै तुलसीपुरतर्फ छिर्न लागेका २६ भारतीय नागरिकलाई फर्काइएको छ । कोरोना त्रासको सचेतनाका लागि तुलसीपुरको दमारगाउँमा राखिएको हेल्थ डेस्कबाट उनीहरुलाई फिर्ता पठाइएको हो ।

उनीहरुले आफूहरु इँटा भट्टामा काम गर्ने मजदुर भएको र भारतको नानपाराबाट आएको बताएका थिए । भारतबाट आएका घोराहीका एक जना १७ वर्षीय युवकलाई कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ । Nepalnews