प्रधानमन्त्रीको कार्यभार पोखरेललाई

 

काठमाडौं, भदौ ५ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेकाले उनको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्न तोकेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । (रासस)