पोखरामा ४ बर्षीय बालक मृत फेला

पोखरा, भदौ १२ ।
पोखरा २७ खोलाको डिलमा ४ बर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । सोमबार दिउँसो करिब १ बजेतिर पोखरा २६ घैटेचौरका अजित गुरुङ खोलाको डिलमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघी सोमबार बिहान पोखराको फेवातालमा १८ बर्षिय एक युवती मृत अवस्थामा फेला परेकी थिइन् ।

आइतबार दिउँसोबाट घर छोडेकी पोखराको पुम्दीभुम्दी स्थित कोदीकी सुस्मीता लामिछाने फेवातालमा मृत भेटिएकी हुन् ।