पोखरामा प्याराग्लाईडिङ भित्रै चिल पसेपछि……

पोखरा, माघ २१ ।
पोखरामा उडिरहेको प्याराग्लाईडिङभित्र चिल पसेपछि दुर्घटना भएको छ । सराङकोटबाट उडेको प्याराग्लाईडिङमा अचानक चिल पसेको प्रहरीले जनाएको छ । चिल पसेपछि प्याराग्लाईडिङ अनियन्त्रित भई रुखमा अड्किएको थियो ।

प्याराग्लाईडिङ चालक बिजय दाहाललाई सकुशल उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ । प्याराग्लाईडिङ २५ फिट अग्लो रुखमा अड्किएको थियो ।