पोखरामा अनुमति नलिई फोटो भिडियो खिच्दै हुनुहुन्छ ? होसियार ! कारबाहीमा पर्नुहाेला
पोखरा, बैशाख १८ ।
ड्रोन उडाउन सरकारी निकायसँग अनुमति लिनुपर्ने प्रावधान छ । अनुमति नै नलिई ड्रोन उडाएर फोटो र भिडियो खिचिरहेका एक विदेशी पोखराबाट पक्राउ परेका छन् । लेकसाइडमा अनुमति विना ड्रोन क्यामेरा उडाएर फोटो तथा भिडियो खिचेको आरोपमा प्रहरीले पोर्चुगलका मार्को आन्द्रे फर्नान्डेज पेस्टानालाई पक्राउ गरेको हो ।
अनुमति विना ड्रोन उडाएर शंकास्पद गतिविधि गरेकाले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पर्यटकलाई प्रहरीले पक्राउ गरी नागरिक उड्डयन प्राधिकरणलाइ बुझाएको छ । नागरिक उड्डयन प्रधिकरणा अनुसार उनको पाँच हजार छ सय ५० रुपैँया जरीवाना गरी क्यामरामा गरिएको छ । उनले क्यामेराबाट गरेको फोटो तथा भिडियो डिलिट गरेर अनुमति विना ड्रोन नउडाउने सर्तमा छाडिएको छ ।