पोखराको औद्योगिक क्षेत्र नजिक बस ट्रकमा आगलागी, पूरै नष्ट

पोखरा, मंसिर ३० ।
पोखराको औद्योगिक क्षेत्र नजिकै बस र ट्रक जलेर नष्ट भएको छ । २० बर्ष पूरानो थन्क्याईएको बस र ट्रक जलेको बताईएको छ ।

ग १ ख ८६०१ नम्बरको ट्रक र नम्बर नखुलेको बस जलेको हो । तार सर्ट भएर अचानक आगलागी भएको बताईएको छ । दमकल र प्रहरीको सहयोगले विहानै आगो नियन्त्रणमा आएको थियो । यद्यपी घटनाबारे अनुसन्धान भैरहेको छ ।