पोखराका मेयरको टोली जापान भ्रमणमा (को-को छन् टोलीमा ?)

पोखरा, साउन १३ ।
पोखराका मेयर मानबहादुर जिसीको टोली जापान भ्रमणमा निस्किएको छ । टोलीमा जिसीसँगै सांसद तथा पोखराका पूर्व मेयर कृष्ण थापा, वडाध्यक्षहरु मोहन बास्तोला, लेखबहादुर तामाङ (दर्शन लामा), प्रकाश पौडेल, जीवन आचार्य, वडा सदस्यहरु अञ्जु केसी र किरण तिमिल्सीना सहभागी छन् ।

यस्तै कर्मचारीहरुमा शारदा मोहन काफ्ले, महेन्द्रबहादुर गोदार छन् । जापानको कोमागाने सिटी र पोखरा महानगरबीच भगीनि सम्बन्धको कायम भएको र नयाँ जनप्रतिनिधी निर्वाचित भएको अवसरमा अवलोकन भ्रमणका लागि टोली जापान गएको हो ।

कोमागानेका पूर्व मेयरको निधन भएको र शोक सभामा पनि उनीहरु सहभागी हुने कार्यक्रम छ । टोली १९ गने नेपाल फर्कनेछ ।