नेकपा बैठक : नेताहरुप्रति व्यक्तिगत आक्षेप लगाउन प्रतिबन्ध

 

काठमाडौं, भदौ ९ ।

सत्तारुढ नेकपाले पार्टीका नेताहरुप्रति व्यक्तिगत आक्षेप लगाउन प्रतिबन्ध लगाएको छ ।

अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकले नेताहरु प्रति कुनै गुनासो वा व्यक्तिगत तिक्तता भए पार्टीमै छलफल गर्न भनेको छ ।

अन्यथा स्पष्टीकरणको माध्यमबाट कारबाही थाल्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले चार जनालाई केन्द्रीय समितिमा मनोनित गर्नुृका साथै, केही विभागमा उपप्रमुख, जिल्ला इन्चार्ज र जनवर्गिय संगठनहरुमा सहइन्चार्जहरु हेरफेर गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काम अघि बढाउन सहमति दिएपछि अर्का अध्यक्ष दाहालले पहिलो पटक नेकपाको बैठक बोलाएका थिए ।

पार्टी अध्यक्ष भएको १५ महिनापछि प्रचण्डले औपचारिक रुपमा नेकपाको बैठक बोलाएका हुन् । (ईमेजखबरबाट साभार)