नक्कली पत्रकारको नक्कली धन्दा–गाडी चढेर करोडौं ठगी र बलात्कार (पूरा पढ्नुस्)

काठमाण्डौं, चैत १५ ।
केही दिनअघि एक युवती जिल्ला प्रहरी कार्यालय दाङ पुगिन् । प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे समक्ष घटनाको बेलिबिस्तार लगाइन् । अन्ततः जबरजस्ती करणीमा किटानी जाहेरी दिएपछि पाण्डेबाट छुटिन् । ती युवतीले दाङका भुवन धिताल विरुद्ध किटानी जाहोरी दिईन् ।

प्रहरीले आरोपित धितालमाथि अनुसन्धान सुरु गर्न थाल्यो । त्यसको केही दिनमा पुनः अर्की एक युवती पनि त्यसै गरी जिल्ला प्रहरी कार्यालय दाङ पुगिन् । उनले दिएको किटानी जाहेरी पनि बलात्कारकै थियो । यी युवतीले किटानी जाहेरी दिएका व्यक्ति पनि उनै भुवन धिताल थिए ।

अनुसन्धानमा खटिएको प्रहरी आफैं अचम्ममा र्पयो । अनुसन्धान अघि बढाउन उसले ढिला गरेन । ‘केही दिनकै फरकमा एकै जना विरुद्ध दुई जनाको एकै प्रकृतिको किटानी जाहेरी आएपछि हामीले यो केसलाई ’सिरियस’ रुपमा लिएर अनुस्न्धान सुरु गरेका थियौं,’ एसपी पोण्डेले भने ।

अझ अचम्मको कुरा तीनै धिताल विरुद्ध पुनः अर्की एक युवतीले किटानी जाहेरी गरिन् । मुद्दा पुरानै, अर्थात् बलात्कारविरुद्ध कै थियो । एकै व्यक्ति विरुद्ध तीन युवतीको किटानी जाहेरी । त्यो पनि तीनै जनामाथि बलात्कार गरेको आरोप । प्रहरीलाई आश्चर्यमा पार्ने यस्ता छटना विरलै हुने गर्छन् ।

अनुसन्धानकै क्रममा धितालविरुद्ध अरु पनि किटानी जाहेरी थपिँदै गए । ५ जना व्यक्तिले ठगी गरेको भन्दै सामूहिक उजुरी दिए । प्रहरीले अनुसन्धानको दायरा थप फराकिलो बनाउन थाल्यो ।

अनुसन्धानकै क्रममा बलात्कार र ठगी आरोप लागेका धिताल बाँके र दाङ जिल्लाको सीमानाबाट बुधबार पक्राउ परेका छन् ।

पूरा पढ्नुस्