तनहूँको दुलेगौंडामा ट्रक र मोटरसाईकल ठोकियो–मोटरसाइकल चालकको मृत्यु

तनहूँ, चैत ६ ।
तनहुँको शुक्लागण्डकी–२ हलेदीमा सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । मंगलबार राति ८ बजेतिर ना ४६ प ५५१४ नम्बरको मोटरसाइकललाई बा ४ ख ७१० नम्बरको ट्रकले ठक्कर दिदाँ अर्घाखाँचीका नन्द कुमार श्रेष्ठको मृत्यु भएको छ ।
सडकमा रहेको खाल्डो छल्ने क्रममा ट्रकले ठक्कर दिएपछि गम्भिर घाईते श्रेष्ठलाई उपचारको लागि जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतरामा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
सडकको खाल्डो छल्न खोज्दा ट्रकको पछाडिको टायरले मोटरसाइकललाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ तनहुँ ट्राफिक प्रहरी प्रमुख पूर्ण अधिकारीले जानकारी दिए ।