‘ड्राइभर केटीसँग जिस्कीँदा जीप दुर्घटना’, ४ जनाको मृत्यु
अर्घाखाँची, चैत २६ ।
अर्घाखाँचीमा सोमबार यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दर्जन बढी घाईते भएका छनर । घटनास्थल सन्धिखर्कबाट करिव ७ किलोमिटर नजिक पर्छ ।
अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कबाट प्युठान ऐरावतीको बरौला गाउँतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा दुर्घटना हुँदा घटनास्थलमा २ सहित सन्धिखर्क र बुट्वल अस्पतालमा १÷१ जना गरी ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
लु १ ज १२२९ नम्बरको जिप दिउँसो २ बजे भूमिकास्थान नगरपालिका ८ नुवाकोटको लात्तेबाँझको उकालोमा ब्रेक फेल भएपछि सडकबाट एक सय मिटर तल खसेको प्रत्यक्षदर्शी सुरज श्रेष्ठले बताए ।
दुर्घटना परी प्युठान ऐरावती गाउँपालिका २ का ५२ वर्षीय धनबहादुर राना, १४ वर्षीया मनीका आचार्य, सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठ र उनकी आमा बर्ष ३० कि बिष्णुमायाँ श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिए ।
उनका अनुसार प्रीन्सको सन्धिखर्क अस्पतालमा र उनकी आमाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो। १४ सिट सवार जिपमा चालक सहित १८ बढी यात्रु सवार थिए । जसमध्ये १५ जनाको सन्धिखर्क र बुट्वल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि भैरहवा रिफर गरिएको छ ।
गाडी दुर्घटनामा घाईते भएका १४ जनालाई सन्धिखर्क अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ । भुमिकास्थान ९ का भारती थापा, भुमिकास्थान ७ का शिवबहादुर रायमाझी, भुमिकास्थानका ज्ञानु थापा, रोल्पाका रेगबहादुर थापा, निर्मला घर्ती मगर, सन्धिखर्क ९ का मुमादेवी आचार्य, मालारानी ५ का सन्ध्या भुसाल, प्युठान ऐरावतीका सोनु शाही र डेविट विक्रम शाह, सन्धिखर्क १२ का राजेश नेपाली, भुमिकास्थान ५ का मिना बन्जाडे, भुमिकास्थान ८ का हिराबहादुर विक, भुमिकास्थान ६ का संगीता घर्ती, भुमिकास्थान ५ का जीवन थापा र भुमिकास्थान नगरपालिका ६ का गाडि चालक श्यामबहादुर थापालाई पनी भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।
गाडी दुर्घटना गराएका चालक थापालाई प्रहरीको नियन्त्रणमा उपचारका लागी भैरहवा लगिएको छ । भुमिकास्थान ५ का जिवन राना भने जिल्ला अस्पताल सन्धिखर्कमा उपचार पछि डिस्चार्ज भएर घर फर्किनुभएको छ ।
दुर्घटनामा मृतक सहित प्युठानको ऐरावतीका स्थानीय समेत घाईते भएको भन्दै गाउपालिकाले दुख ब्याक्त गरेको छ । गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले घटना सुन्दा दुख लागेको बताए । दुर्घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ड्राइभर गाडिमै सवार एक जना महिलासँग जिस्किरहेको अबस्थामा गाडि अनियन्त्रित भएको घाइतेले बताएका छन । ड्राइभरको लापर्वाहीले गाडी दुर्घटना भएको उनिहरूको आरोप छ ।