टान पोखराको अध्यक्षमा भुजेल र श्रेष्ठको उम्मेदवारी (सबै उम्मेदवारको नामावली सहित)

पोखरा, साउन १९ ।
ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको नयाँ नेतृत्वका लागि अध्यक्षमा दुई जनाको उमेदवारी परेको छ । टान पोखराको १५ औं अधिवेसनमा हरि भुजेल र भोज कुमार श्रेष्ठको दुई बर्षीय कार्यकालको लागि शुक्रबार उमेद्वारी परेको हो ।साउन २६ गते हुने निर्वाचनका लागि अन्य पदमा पनि दुई भन्दा बढिको उमेद्वारी परेको छ । प्रथम उपाध्यक्षमा शुसिल पौडेल र विश्वराज अधिकारी, द्धितीय उपाध्यक्षमा दिवस लामिछाने, धर्म पन्थी र श्याँम थापा, सचिवमा मिलन तिवारी, जिवनराज सापकोटा र रामचन्द्र अधिकारी, कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य र किसन कुमारी गुरुङको उमेद्वारी परेको छ ।

६ जना सदस्य पदका लागि १२ जनाको उमेद्वारी परेको छ । १२ सदस्य निर्वाचीत कार्यसमिति हुन्छ भने अध्यक्षबाट दुई जना सदस्य थप्ने प्रवद्धन रहेको छ ।