ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ, मोदी असुरक्षित हुने आरोप

पोखरा, भदौ १४ ।
ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असुरक्षित हुन सक्ने भन्दै नेपाललाई पक्राउ गरिएको बताईएको छ ।

अध्यक्ष नेपालले नेपाली मिचिएको सीमा फिर्ता पाउनुपर्ने मागसहित देशब्यापी जागरण अभियान चलाईरहेका छन् । उनलाई मोदी काठमाण्डौं प्रवेश गर्नु अघि नै पक्राउ गरिएको हो । काठमाडौंमा आजदेखि बिम्स्टेकको चौथो शिखर सम्मेलन सुरु हुँदैछ ।

File Photo