कार र मोटरसाईकल ठोकिँदा स्याङजाका सफलको मृत्यु, एकजना गम्भीर घाइते

पोखरा, माघ ७ ।
काठमाण्डौंमा भएको दुर्घटनामा एकजना स्याङजाली युवकको मृत्यु भएको छ । टोखा नगरपालिका–७ वसुन्धारामा बा ८ च ८७६२ नम्बरको कारले बा ६६ प ५४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्याङ्जा चापाकोट नगरपालिका–१० का १८ वर्षीय सफल माझीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धारामा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक वसुन्धारा बस्ने स्याङ्जा चापाकोटका प्रकाश बत्स्यालको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।