कांग्रेस नेता सिंह अस्पताल भर्ना, मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण

 

काठमाडौं, साउन २१ ।

नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।

मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए । चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना हुनुभएको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए । स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चाररपाँच दिनदेखि घरमै आराम गरिरहेका थिए ।

सोमबार ज्वरो नघटेपछि उनी अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले बताए ।

(ईमेजखबरबाट साभार)