काँग्रेसको छायाँ सरकारमा मन्त्री बन्न मानेनन् सांसद
काठमाण्डौं, पुस ३० ।
सरकारको निगरानी गर्न कांगे्रसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् । यो समाचार आजको नयाँ पत्रिकाबाट दिएको हो ।
रुचि भएका तीन वटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदासमेत ६३ मध्ये १० सांसदले मात्रै नाम टिपाएका छन् । सांसदलाई नाम टिपाउन कांग्रेसले एक हप्ताको समय दिएको थियो ।
संसदीय दलको २४ पुसको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको काम–कारबाही नजिकबाट निगरानी गर्न छाया सरकार गठन गर्ने निर्यण गर्दै नाम टिपाउन सांसदलाई आग्रह गरेको थियो ।