काँग्रेस संसदीय दलको प्रबक्तामा दवाडी

पोखरा, जेठ १० ।
नेपाली काँग्रेसको गण्डकी प्रदेश स्थित संसदीय दलको प्रबक्तामा प्रकाशचन्द्र दवाडीलाई नियुक्त गरिएको छ । शनिबार बसेको दलको बैठकले दवाडीलाई प्रबक्ता तोकेको हो ।

दलको भूमिका सदनमा प्रभावकारी हुन नसकेको गुनासो बढिरहेका बेला संसद गठन भएको साढे २ बर्षपछि प्रबक्ताको जिम्मेवारी तोकिएको हो । दवाडी गोरखा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका हुन् ।