एसइई परीक्षा नसर्ने

पोखरा, चैत ४ ।
कोरोनाका कारण पूर्वनिर्धारित धेरै कार्यक्रमहरु स्थगीत भएका छन् । एसईई परीक्षा पनि स्थगीत गर्ने तयारी थियो । तर तयारी पूरा भएकोले अहिले परीक्षा सार्न नसकिने शिक्षा मन्त्रालयले जनाएको छ । पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन हुने शिक्षामन्त्री गिरिराजमणी पोखरेलले बताए ।
यो बर्षको एसईई चैत ६ गतेबाट १७ गतेसम्म चल्नेछ । देशभर १ हजार ९ सय ९४ केन्द्रबाट ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीले परीक्षा दिने मन्त्रालयले जनाएको छ ।
सरोकारवालाको सुझाव पछि तोकिएकै मितिमा परीक्षा गर्न लागिएको हो । परीक्षा अवधिभर प्रत्येक परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना गर्न निर्देशन पनि गरिएको छ ।