अन्नपूर्णका प्रहरी चौकीलाई स्थायी फोन नम्बर

पोखरा, मंसिर २६ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रहरी चौकीलाई स्थायी फोन नम्बर वितरण गरिएको छ । गाउँपालिकाले खरिद गरेर पाँचवटै प्रहरी चौकीलाई नियमित र स्थायी हुने गरि सीम कार्ड दिएको हो ।

गाउँपालिका अध्यक्ष युवराज कुवँरका अनुसार ९८५६००१७२४ देखि ९८५६००१७२८ नम्बरसम्मका सीम प्रहरी चौकीलाई हस्तान्तरण गरिएको छ । ‘प्रहरी प्रमुख फेरिएपछि फोन नम्बर पनि फेरियो । जनताले पुलिसको नम्बर सजिलै पाउन सकेनन्, उनले भने–जनसेवामा सहज हुने हेतुले स्थायी सीम दिएका छौं । अव हाकिम फेरिएपनि नम्बर उही हुन्छ ।’

नाउडाँडा प्रहरी चौकीमा ९८५६००१७२४, नयाँपुरमा २५, बीरेठाँटीमा २६, घान्द्रुकमा २७ र गाउँपालिका प्रहरी चौकीलाई २८ नम्बरको सीम कार्ड दिईएको कुवँरले बताए ।