अनौठो खवर–जुम्ल्याहा बच्चाको आमा एउटै, बाबु फरक–फरक

काठमाण्डौं, चैत १७ ।
चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक–फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरक–फरक भएको पत्ता लागेको हो । यषे कुराको खुलासा हुँदा डाक्टर पनि अचम्मित परेका छन् ।
जब दम्पती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको हो । डीएनए परीक्षणपछि महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य पुरुषसँग सम्बन्ध राखेको खुलासा भएको हो ।
श्रीमानलाई यो विषयको जानकार हुने बित्तिकै उनले श्रीमतीसँग सोधपुछ गरेका थिए । सोधपुछपछि महिलाले अर्को व्यक्तिसँग पनि सम्बन्ध भएको स्वीकार गरेकी थिइन् । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।