५ जिल्लाका सीडीओ हेरफेर, चितवनका बस्नेत पर्सा सरुवा

 

काठमाडौं, मंसिर १७ ।

गृहमन्त्रालयले ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ ।

गृहमन्त्रालयका अनुसार पर्साका सीडीओ नारायणप्रसाद भट्टराई चितवन र चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्सा सरुवा भएका छन् ।

भक्तपुरका सीडीओ नारायणप्रसाद भट्ट मकवानपुर सरुवा भएका छन् भने गृह मन्त्रालयककी सहसचिव हुमकला पाण्डे भक्तपुरको सीडीओमा सरुवा भएकी छन् ।

लमजुङका सीडीओ डा. डिजन भट्टराई अध्यागमन विभागमा र अध्यागमन विभागका लक्ष्मणबहादुर खड्का लमजुङको सीडीओमा सरुवा भएका छन् ।
(अनलाइनखबरबाट साभार)