ह्याण्डबलमा नेपालको महिला टोली फाइनलमा प्रवेश

 

पोखरा, मंसिर २१ ।

१३ औं सागको ह्याण्डबलमा नेपालको महिला टोली फाइनलमा प्रवेश गरेको छ ।

पोखरामा जारी प्रतियोगिताको शनिबार भएको सेमिफाइनलमा पाकिस्तानमाथि जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपाल २२र२१ को साँघुरो अन्तरले विजयी भयो । उमा राईले एक्लैले ११ गोल गरिन् ।

नेपालले स्वर्णपदकका लागि आइतबार भारतसंग फाइनल खेल खेल्नेछ ।

शनिबार नै भएको सेमिफाइनलमा भारतले बंगलादेशलाई ४११३ को फराकिलो अन्तरले पराजित गरेको हो ।