हेलिकोप्टर दुर्घटनापछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाईयो

काठमाण्डौं, फागुन १५ ।
पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर दूर्घटना भएको समाचार आईरहँदा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाईएको छ । सरकारका एक मन्त्रीले दिएको जानकारी अनुसार आकस्मिक बैठक बोलाईएको हो ।

पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहित चढेको एयर डाइनेष्टीको हेलिकोप्टर ताप्लेजुङको पाथिभरा उडेको १० मिनेटमै कडा आवाजसाथ पड्किएको प्रदेश १ का प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बताएका छन् ।