हाम्रो सहयोगी वचत तथा ऋण सहकारी संस्थाले सामाजिक काम गर्दै ११ औ वार्षिकोत्सव मनायो

पोखरा २१ जेठ ।
हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले कोरोनाको कारण लकडाउनका बीच पनि विविध कार्यक्रमको आयोजना गरी आफ्नो ११ औ वार्षिकोत्सव मनाएको छ । कोरोनाको संक्रमण दिन प्रतिदिन वढ्दै गएको भएतापनि संस्थाले विभिन्न सामाजिक क्रियाकलाप गरी आफ्नो वार्षिकोत्सव मनाएको हो । संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमा पोखरा महानगरले स्थापना गरेको कोभिड १९ रोकथाम उपचार कोषमा २२ हजार २ सय २२ रुपैया समेत सहयोग गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमका बीच पोखरा महानगर सहकारी विभागका प्रमुख तेजनारायण अधिकारीलाई संस्थाका अध्यक्ष शुक्रराज कंडेलले उक्त रकम बरावरको चेक हस्तान्तरण गरेका थिए ।
कोभिड १९ लाई मध्येनजर गरी सहकारीले आफ्नो सम्पूर्ण कर्मचारी तथा संचालक समितीको सम्पूर्ण पदाधिकारीहरुलाई समेटेर १ लाख को कोभिड बिमा गर्ने घोषणा गर्दै उक्त बिमाका लागी बिमा शुल्कको २ सय २५ रुपैया संस्थाले ब्यहोर्ने गरी हाम्रो सहयोगी स्वास्थ्य सुरक्षा कोषको समेत सुभारम्भ गरिएको संस्थाका महासचिव लोकेन्द्र कुमार राइले जानकारी दिए । त्यसैगरी उक्त अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत समेत संकलन गरिएको महासचिव राइले जानकारी दिए ।
संस्थाका अध्यक्ष शुक्रराज कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर सहकारी विभागका प्रमुख तेजनारायण अधिकारी, संस्थाका सल्लाहकार राधिका योगी शाही, संस्थाका संस्थापक अध्यक्ष गिरी प्रसाद गुरुङ, पूर्व अध्यक्ष किसान सुनार लगायले वोलेका थिएभने संस्थाका उपाध्यक्षबाट स्वागत मन्तब्य र लेखा सुपरिवेक्षक डिल्ली शर्माले सहकारीको सात सिद्धान्त बाचन गरेका थिए ।