स्याङजामा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

पोखरा, फागुन १ ।
स्याङ्जाको गल्याङ नगरपालिका ११ धरादीखोला स्थित सिद्धार्थ राजमार्गमा ट्याक्टर खस्दा एकजनाको मृत्यु भएको छ । लु ३ त ६७१२ नम्बरको ट्याक्टर सडकदेखी अन्दाजी ५० मिटरबाट तल खसेको प्रहरी नायव उपरिक्षक गोबिन्द पुरीले बताएका छन् ।

ट्याक्टर पुर्णरुपमा क्षति भएको र हालसम्म नाम, थर, वतन नखुलेको चालकको मृत्यु भएको पुरीले बताएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पुरीले जानकारी दिएका छन् ।