स्याङजाको कोल्मा बाहकोटमा दोश्रो क्रसकन्ट्री दौड प्रतियोगिता हुने

पोखरा १० पुस ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन स्याङजाको कोल्मा बाहकोटमा दोस्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा “स्वास्थ्यका लागी दौड, राष्ट्रका लागी दौड” भन्ने मुल नाराका साथ आगामी माघको २५ गते क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजना गरिने भएको हो ।
मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी दोश्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा वोल्दै सात सय कोल्मा बाहकोट सम्पर्क मञ्चका अध्यक्ष जीत बहादुर गुरुङले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी स्याङजा पुतली बजार नगरपालिका वडा नम्बर ९ को कोल्मा बहाकोट सहित तनहु र विरुवा गाउपालिकालाई समेत समेटेर सो क्षेत्रमा रहेका सांस्कृतीक पक्षहरुलाई उजागर गर्ने उद्देश्यले क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजना गरिएको वताए ।
आर्थिक बिकास गर्न सके गाउ बस्ती रित्तिनबाट जोगाउन सकिन्छ भन्ने अभिलाषा बोकी “संस्कृती संरक्षणको लागी एकजुट, पर्यटन प्रवद्र्धनका लागी खेलकुद” भन्ने अभिप्रायका साथ क्रस कन्ट्री दौड संगै स्थानिय संस्कृतीको प्रदर्शन, होम स्टे सांझ समेत उक्त कार्यक्रममा समेटिने अध्यक्ष गुरुङले वताए । ३१ किलो मिटर खुल्ला पुरुष र १४ किलोमिटर पुरुष गरी दुई विद्यामा सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागीहरुले कोल्मा बराहचौरदेखी, काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, तनहुको शुक्ला गण्डकी नगरपालिका ११ बिसाउना, विरुवा गाउपालिकाको खुदी, मड्किना हुदै कोल्मा बराहचौरमा पुग्नुपर्नेछ ।
प्रतियोगितामा खुल्ला पुरुषतर्फ प्रमथ हुनेले नगद ५० हजार, मेडल र प्रमाण पत्र, द्धितिय हुनेले नगद ४० हजार, मेडल र प्रमाण पत्र र तृतीय हुनेले नगद ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने २१ बर्ष मुनिका पुरुष १४ किलोमिटर दौडतर्फ प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश नगद २० हजार, १५ हजार र १० हजार, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन । प्रतियोगितामा १० औ स्थान सम्म आउने प्रतियोगीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिने मञ्चका सचिव जीवन थापा मगरले जानकारी दिए ।
अघिल्लो संस्करणको ३१ किलोमिटर खुल्ला पुरुषतर्फ नेपाली सेनका हवलदार राजन खत्रीले उपाधी चुमेका थिएभने १४ किलोमिटर दौडमा कलम प्रसाद श्रेष्ठले उपाधी चुमेका थिए । उक्त कार्यक्रममा एनआरएन युके र विदेशमा रहेका कोल्मा बहाकोट चारथुम बासी, स्थानिय संघ सस्था, युवा क्लव, आमा समुह, स्थानीय सरकार, स्वयंसेवक एवं सुरक्षाकर्मीको विशेष सहयोग रहने समेत थापा मगरले जानकारी दिए ।