स्कुटरमा डुलेर ब्रासलेट र मोवाईल सहित पैसा चोर्ने २ जना पोखराबाट पक्राउ

पोखरा, भदौ २४ ।
१ महिनाअघि ब्रासलेट र मोवाईल सहित १२ हजार रुपैयाँ चोरी भएको उजुरी परेपछि अनुसन्धान गरी दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको रातोपैह्रोबाट लेकसाईडतर्फ आउँदै गरेका पोखरा १० अमरसिंहचोकका २३ बर्षिय मिथुन केसीको सामसुङ जे ७ र नगद १२ हजार सहित सुनको ब्रासलेट चोरी भएको थियो ।

उनले प्रहरीलाई उजुरी गरेपछि लामो अनुसन्धान गरेको थियो । अनुसन्धानपछि पोखरा ७ मासबारका २५ बर्षिय प्रतिक पहारी र २६ बर्षका गणेश परियारलाई पक्राउ गरिएको हो । उनीहरुले चाहीँ मोवाईल चोरी गरेको स्विकार गरेका छन् । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।