सिंगापुरमा स्वास्थ्य उपचार गराएर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं, साउन २७ ।

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचार गराएर आज अपराह्न स्वदेश फर्किएका छन् ।

गत शुक्रवार नै काठमाडौं आउने कार्यक्रम रहे पनि नियमित स्वास्थ्य परीक्षण नसकिएपछि उनको बसाई लम्बिएको थियो ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायतले स्वागत गरेका थिए ।

आफ्नो भ्रमण अनौपचारिक भन्दै प्रधानमन्त्री ओलीले विमानस्थलमा सेनाको सलामी भने ग्रहण गरेनन् । संचारकर्मीहरुले स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिन आग्रह गर्दा प्रधानमन्त्री ओली ‘केही दिनमा थाहा पाइहाल्नु हुन्छ’ भन्दै विमानस्थलबाट बाहिरिएका थिए ।

उनको सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो । प्रधानमन्त्री ओली यही साउन १८ गते सिंगापुर प्रस्थान गरेका थिए । (ईमेजखबरबाट साभर)