सांसद सूर्यनारायणले दिए राजीनामा, सीके राउतलाई सांसद बनाउन लागेको आशंका !

काठमाण्डौं, साउन २९ ।
समाजवादी पार्टीले प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वा्चित सूर्यनारायण यादवलाई राजीनामा फिर्ता लिन दबाब दिएको छ । पार्टीलाई जानकारी नदिई यादवले सोमबार सभामुख कृष्ण बहादुर महरा समक्ष राजीनामा दिएका थिए ।

उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन् । राजनीतिक वृत्तमा सांसद यादवको राजीनामालाई उपचुनावलाई लक्षित गरेर कुनै नेतालाई उक्त ठाउँमा उठाउने योजनासँग जोडेर हेरिएको छ ।

मुलधारको राजनीतिमा आएका सीके राउतलाई संसदमा ल्याउनैको लागि सो सिट खाली गराइएको आशंका समेत गर्न थालिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।