सराङकोटको बाटो फराकीलो पारिने, मापदण्डविपरितका संरचना हटाउन १० दिने अल्टिमेटम
पोखरा, मंसिर ४ ।
पोखरा महानगरले विन्ध्यावासिनीदेखि सराङकोटसम्मको सडक फराकीलो पार्ने भएको छ । पर्यटकको निकै चहलपहल हुने भएपनि ब्यक्तिहरुले मापदण्ड मिचेर घर टहरा बनाएपछि सडक साँघुरो भएको थियो ।
अहिले महानगरपालिकाले मापदण्ड मिचिएका संरचना हटाउन १० दिने अल्टिमेटम दिएको छ । कार्तिक २७ गते वडा समिति र टोल विकास समितिको संयुक्त बैठकले संरचना हटाउने निर्णय गरेको थियो ।
अहिले वडा समितिले नै १० मिटर भित्रका घर टहरा तथा कम्पाउण्ड वाल भत्काउन सूचना जारी गरेको हो । बीच भागबाट कतै दायाँ कतै बाँया गरेर ४ देखि ५ मिटर सडक फराकीलो पारिने वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए । त्यस क्षेत्रमा मापदण्ड विपरितका संरचनालाई रेजा लगाउने काम भैरहेको छ ।