सरकार सन्चालनका क्रममा केही त्रुटिहरु भएका छन्ः खनाल

झापा, साउन १४ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सरकार सन्चालनका क्रममा केही त्रुटिहरु भएको बताएका छन् ।

मंगलबार झापाको बिर्तामोडमा सन्चारकर्मीहरुसंग कुरा गर्दै उनले परिपक्व आधार तयार नपारी सरकारले विधेयक ल्याउने गरेको भन्दै असन्तुष्टि जनाए ।

कर्मचारीले ‘ड्राफ्ट’ गरेको कच्चा विधेयक सोझै संसदमा लगिएको भन्दै उनी आक्रोशित भएका छन् ।

स्कुल विभागका विषयमा पार्टीभित्र कुनै विवाद नरहेको दाबी गर्दै खनालले ठूला मिडियाले मात्र स्कुल विभागको विवाद चलाएको आरोप लगाएका छन् । (ईमेजखबरबाट साभार)