समाजसेवी विश्व गुरुङ काँग्रेस प्रवेश

पोखरा, भदौ २३ ।
लामो समयदेखि समाजसेवामा सक्रिय विश्व गुरुङ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । स्याङजा घर भई लामो समयदेखि काठमाण्डौंमा ब्यापार ब्यवसाय गर्दै आएका उनी आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिएर पार्टी प्रबेश गरेका हुन् ।

७ बर्षदेखि सोंपाल समाज काठमाण्डौंको अध्यक्ष भएर काम गरिरहेका उनी कोने–घोण्डे–घोताने समाजको पनि अध्यक्षमा निर्वाचित भएका छन् । गुरुङले हाल स्याङजा शिरुवारी नजिकै रहेको थाप्लेमा ५५ फिटको बुद्धको मुर्ती निर्माण गर्दैछन् ।

केही महिनाभित्रै १ सय जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्न लागेको उनले सुनाए । ‘विकासजति बजारमा छ । गाउँ ठाउँ सँधै पिछडियो । बामपन्थी विचारमा लागेर देशको विकास हुने देखिन,’ उनले भने, ‘अरु सबै पार्टीमा निराश भएर म काँग्रेसमा प्रवेश गरेको हुँ । काँग्रेसले नै देशको पक्षमा काम गर्छ । अव प्र्रजातन्त्र भित्रैै बसेर देशको सेवा गर्छु ।’

३० बर्षदेखि ब्यवसाय गरेका उनी राजनीतिमार्फत समाजसेवा गर्ने बताउँछन् । ‘म लिन आएको होईन । दिन आएको हुँ,’ उनले भने, ‘पार्टीले दिएको जिम्मेवारी अनुसार योगदान गर्छु । निश्वार्थ भएर जिम्मेवारी पूरा गर्नेछु ।’ उनी यसअघि बामपन्थी बिचारधारामा आस्था राख्थे ।