सभामुख महराले राजीनामा दिने संकेत, शीर्ष नेतासँग परामर्श गर्दै

पोखरा, असोज १४ ।
जवरजस्ती करणीको घटनामा आरोपित भएपछि संघीय संसदका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन नेकपाकै शीर्ष नेताले सुझाएका छन् । महराले राजीनामा दिने वा महाअभियोगको सामना गर्ने बाहेक कुनै विकल्प नरहेको नेकपाका एक नेताले बताए ।

उनले नेकपाका अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटेर परामर्श लिईसकेका छन् । सम्भवतः महराले आजै राजीनामा दिने संकेत बुझिएको छ । ‘हिजोदेखि नै पार्टी अध्यक्षहरुले यसको संकेत गरिसक्नुभएको छ । घटना जसरी आएपनि महिलाले आरोप लगाएपछि पदमा रहिरहनु नैतिक रुपले पनि ठीक छैन,’ एक नेताले भने, ‘राजीनामा दिएर घटनाको सत्यतथ्य छानवीनमा सघाउनुपर्छ ।

बलात्कार जस्तो संगीन आरोप लागेपछि सभामुख पदमा रहिरहनु नैतिक रुपमा राम्रो होईन । तर महाअभियोगको प्रश्ताव दर्ता गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग मात्रैै एक चौथाई मत पुग्दैन । त्यसैले यसको छिनोफानो नेकपाले नै गर्ने संकेत बुझिएको अनलाईनखवरले समाचार लेखेको छ ।