सत्ता र प्रमुख प्रतिपक्ष दलका गतिविधिका कारण मुलुकमा भ्रष्टाचार मौलाएको छः कमल थापा

 

काठमाडौं, साउन १८ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्ता र प्रमुख प्रतिपक्ष दलका गतिविधिका कारण मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको भेलालाई सम्बोधन गर्दै उनले प्रजातान्त्रिक आवरणमा मुलुकमा ब्रम्हलुट चलिरहेको बताएका छन् ।

राजसंस्था हटाएपछि ठूला दलहरुले पालैपालो सरकार हाँकेर मुलुकलाई झन्–झन् कमजोर बनाउँदै लगेको थापाको भनाइ थियो ।

प्रधानमन्त्रीले मध्यरातमा विदेशी गुप्तचर निकायका प्रमुखलाई भेट्नु अशोभनीय भएको भन्दै अध्यक्ष थापाले चुनावको बेला पार्टीहरुमा विदेशीको सहयोग गर्ने भएकाले उनीहरुलाई सजिलै भेट्ने जिकिर गरे ।

(ईमेजखबरबाट साभार)