सत्तारुढ दलका कार्यकर्ता समाज भाँड्न उद्दत छन्, कांग्रेस चुप लागेर बस्दैन : सभापति देउवा
काठमाडौं, असोज १३ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दल नेकपाका कार्यकर्ताका अराजक गतिविधिले समाजमा अशान्ति फैलने खतरा बढेको बताएका छन् ।
नेपाल राष्ट्रिय मगर संघ ३ नम्बर प्रदेशले आज काठमाडौमा गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा उनले समाजलाई अराजकतातिर लैजान खोजे कांग्रेस चुप लागेर नबस्ने बताए हुन् ।
प्रजातन्त्रका मूल्य मान्यताको खिालाफमा नजान उनले सरकारको ध्यानाकर्षण गराएका छन् । माओवादीले आदिवासी जनजातिलाई गलत आश्वासन दिएर गलत बाटोमा लगाएको पनि उनको थियो ।
कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सत्तारुढ दलका कार्यकर्ताहरु छिमेकी राष्ट्र चीनका राष्ट्रपति सि जिन पिङको आसन्न नेपाल भ्रमणको वातावरण विथोल्न लागिरिहेको आरोप पनि लगाए ।
यस्तै कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले सरकार नै संविधानको उल्लङ्घन गरिरहेको आरोप लगाए ।
(ईमेजखबरबाट साभार)