सडकमा फोहोर फाल्दै हुनुहुन्छ ? होसियार ! पोखरा महानगरले ठाउँका ठाउँ कारबाही गर्छ

पोखरा, मंसिर २६ ।
पोखरा महानगरले जथाभावी फोहोर फाल्नेलाई कारबाही थालेको छ । मान्छे नभएको मौका छोपेर सडक र सडक छेउमा फोहोर फाल्नेलाई तत्कालै कारबाही गरिएको महानगरकी सरसफाई शाखा प्रमुख कल्पना बरालले जानकारी दिईन् ।

उनका अनुसार बुधबार पनि जथाभावी फोहोर फाल्नेलाई तीन हजार जरिवाना लगाईएको छ । ‘महानगरले जथाभावी फोहोर फाल्ने विरुद्ध कडा निगरानी गरिरहेको छ । जतिबेला पनि कारबाहीमा पर्न सक्छन्, उनले भनिन्–खुला ठाउँमा फोहोर फालेको देख्ने वित्तिकै रसिद काटेर जरिवाना तिर्न लगाईन्छ । आफुँले फालेको फोहोर पनि आँफैले उठाएर लैजानुपर्छ ।’