विप्लव समूह कास्कीका जनसरकार प्रमुख पक्राउ

पोखरा, चैत १६ ।
नेत्रविक्रम चन्द विप्लव समूहका कास्की जनसरकार प्रमुख रामकाजी गुरुङ पक्राउ परेका छन् । पोखरा २५ याम्दीबाट उनलाई कास्की प्रहरीले समातेको हो ।

गुरुङलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । उनीसँगै ३ जनालाई कास्की प्रहरीले पक्राउ गरिसकेको छ । केहीदिन अघि जनपरिषद् तमुवान प्रदेशका संयोजक किसान सिं गुरुङ पक्राउ परेका थिए भने अर्का कार्यकर्ता अमृत सापकोटा पनि पक्राउ परिसकेका प्रहरीले जनाएको छ ।

सरकारले विप्लव कार्यर्ता पक्राउ गर्न जिल्लातहमै निर्देशन पठाएको छ । सोही निर्देशनको आधारमा कास्की प्रहरीले सूची नै बनाएर पक्राउ गरिरहेको हो ।