विप्लव समूहका सबै नेता भूमिगत 

काठमाण्डौं, फागुन २९ ।
सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागेर त्रास सृजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै गतिविधि गर्न नदिने गरी प्रतिबन्ध लगाएको हो । उक्त नेकापाका महासचिव विप्लव लामो समयदेखि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् । केही समयअघि मात्र उक्त समूहले राजधानीमा प्रदर्शन गरेको थियो । विप्लव तत्कालिन अवस्थामा नेकपाका अध्यक्ष प्रचण्डको सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन् ।

सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेसँगै अर्धभूमिगत रुपमा रहेका विप्लव समुहका नेताहरु भूमिगत भएका छन् । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ ।