विप्लव समूहका तमुवान संयोजक गुरुङ पोखराबाट पक्राउ

पोखरा, चैत १२ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहका जनपरिषद् तमुवान संयोजक किसान सिं तमु पक्राउ परेका छन् । मंगलबार लेखनाथ स्थित आफ्नै घरबाटै उनलाई पक्राउ गरिएको हो । तर प्रहरीले चाहीँ यसबारे केही बोल्न नमिल्ने बताएको छ ।

श्रोतका अनुसार उनलाई शिशुवा प्रहरी चौकीमा राखिएको छ । बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय ल्याईने बताईएको छ । थप विवरण आउन बाँकी ।