विप्लव लमजुङका सेक्रेटरी पोखराबाट पक्राउ

पोखरा, असार ९ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्युरो सदस्य तथा लमजुङ जिल्ला सेक्रेटरी बिनोद सोनाम पोखराबाट पक्राउ परेका छन् । पोखरा महानगर पालिका वडा नम्बर १६ तल्लो दीपस्थित जोगिमणिमार्गमा रहेको आफनै डेराबाट उनलाई पक्राउ गरिएको हो ।

सोनामसँगै कोठामा रहेको पार्टीका केही दस्तावेज र कितावहरु प्रहरीले बरामद गरेको श्रोतले बताएको छ । उनको पक्राउबारे प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन ।