वाटरफ्रण्ट रिसोर्ट फेवाताल मिचेर बनाईएको निश्कर्ष, भत्काउन सुझाव

पोखरा, साउन २२ ।
पछिल्लो समय पोखराको फेवाताल किनारमा रहेको वाटरफ्रण्ट रिसोर्टबारे धेरै चर्चा परिचर्चा र बहशहरु भए । लगातारजसो समाचार पनि बनिरहेका छन् । सर्वोच्चमा मुद्धा नै परेपछि सरकारी छानवीन समिति गठन भयो । समितिले रिसोर्टले फेवाताल मिचेको निश्कर्ष निकालेको छ ।

समितिको प्रतिवेदन सर्वोच्च अदालतमा पुगेको र साउन ३१ देखि बहस सुरु हुने बताईएको छ । सर्वोच्चको आदेशअनुसार प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठन भएको छाननिन समितिका अनुसार होटलका दुईवटा भवन मात्रै फेवाताल बाहिर छन् । बाँकी सबै संरचना फेवाताल अतिक्रमण गरेर बनाइएकोे पाइएको छ ।

प्रतिवेदन अनुसार शाक्यको होटलका अधिकांश संरचना फेतावालको ६५ मिटर क्षेत्रभित्रै बनेको पाइएको छ । पानी शुद्धीकरण गर्ने ट्यांक, स्वीमिङ पुल, शौचालय, ट्रस, बगौंचा, मुल गेट र पालेघर लगायतका संरचना तालको किनारामा बनेका छन् । रिसोर्टले भूमिगत बाटोमा बगैंचा तथा त्यसभित्रको व्यक्तिगत बाटो बनाई भोगचलन गरेको खुलेको छ । सार्वजनिक बाटो तत्कालीन सारङकोट गाविसबाट भाडामा लिएर भोग गरिरहेको होटलको दाबी छ ।